मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिन नै मागभन्दा २२ गुणा बढी आवेदन
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै माग गरिएको भन्दा २१.९३ गुणा धेरै आवेदन परेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार बिहिबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८ सय १२ जना आवेदकबाट ७९ लाख ७२ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा २१.९३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले बिहिबारबाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।



















