वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका ११४५ जनाको परिवारलाई ८० करोड १५ लाख

वेलकम खबर
असार १२, २०७८

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनामा वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ८० करोड बढि आर्थिक सहायता प्राप्त गरेका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार  चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनामा ८० करोड १५ लाख रुपैयाँ आर्थिक सहायता पाएका हुन् ।

२०७७ साउनदेखि २०७८ वैशाखसम्मको अवधिमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका १ हजार १४५ जनाको परिवारलाई उक्त रकम उपलब्ध गरिएको हो ।

वैदैशिक रोजागारीका क्रममा मृत्यु हुनेका परिवारलाई बोर्डले प्रतिपरिवार ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*