फुङलिङ नगरपालिकाको बजेट ६३ करोड ३९ लाख
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि कूल ६३ करोड ३९ लाख १५ हजार २ सय १० रुपैंयाको बजेट ल्याएको छ ।
नगरपालिकाले चालूतर्फ ३९ करोड ४५ लाख ५१ हजार रुपैंया र पुँजीगततर्फ २३ करोड ९३ लाख ६४ हजार रुपैंया खर्च हुने अनुमान गरेको नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले प्रस्तुत गर्नुभएको बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।

उपप्रमुख भट्टराईका अनुसार सामाजिक विकासतर्फ ३१ करोड ४८ लाख ५० हजार९४९/७६ प्रतिशत०,पूर्वाधार विकासतर्फ १६ करोड १४ लाख ५५ हजार९२५/४७ प्रतिशत०,आर्थिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार सुशासन र अन्तर सम्वन्धित क्षेत्रतर्फ १ करोड १६ लाख ४० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २१ लाख १५ हजाररकम बिनियोजन भएको छ ।
उक्त खर्च बहनका लागि नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान १६ करोड २० लाख,संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडको रकम ७ करोड ७८ लाख ९० हजार, सर्शत अनुदान २८ करोड १० लाख र बिशेष अनुदान १ करोड ४९ लाख,समपुरक अनुदान १ करोड ९५ लाख तथा प्रदेश सरकारबबाट प्राप्त हुने बित्तीय समानीकरण ९५ लाख ९७ हजार,राजश्व बाँडफाँडको १ करोड ४ लाख २ सय १० रुपैंया,समपुरक अनुदान १ करोड,सर्सत अनुदान ७ लाख ५ हजार र आन्तरिक श्रोतबाट ४ करोड ८९ लाख २३ हजार रुपैंया व्यहोर्ने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाले पूर्वाधार विकासतर्फ ५७ वटा सडक,१८ वटा भवन,४ वटा शौचालय,३ वटा तटबन्ध,लगायतमा कूल १६ करोड १४ लाख रुपैंया बिनियोजन गरेको छ । सामाजिक विकासतर्फ २ सय ७२ वटा कार्यक्रम सञ्चालन गर्न ३१ करोड ४८ लाख ५० हजार रुपैंया बजेट बिनियोजन गरेको छ । कृषि,सहकारी,पशुपालन,सहकारी उद्योग र पर्यटन क्षेत्र गरी आथिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार रुपैंया बिनियोजन गरिएको छ । सार्वजनिक सेवा तथा क्षमता विकासका लागि १२ वटा योजना सम्पन्न गर्न ७२ लाख १५ हजार रुपैंया बिनियोजन भएको छ ।
नगरप्रमुख छत्रपति प्याकुरेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममार्फत फुङ्लिङ नगरपालिकाले कोभिड १९ को महामारीका कारण व्यपार व्यवसाय बन्द भएकोमा आगामी आर्थिक बर्षको व्यवसाय कर तथा फोहोरमैला व्यवस्थापन शुल्कमा बन्दाबन्दी अवधिभरमा बन्द रहेका व्यपार व्यवसायको हकमा १५ प्रतिशत सम्म छुट दिने नीति पारित गरेको छ ।
नगरपालिकाले ‘यातायात सञ्जाल,व्यवसायिक कृषि,पर्यटन र पूर्वाधार,शिक्षा,स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’भन्ने नारा तय गरेको छ ।
नगरपालिकाले सवै वडा पुग्ने बाटो बाह्रै महिना सञ्चालन हुने गरी बनाउने भएको छ भने विभिन्न वडामा वडाका प्रशासकीय भवन बनाउने भनेको छ । नगरपालिकाले । नगरपालिकाले पालिकाको सवै वडामा केन्द्रीय बिद्युत प्रसारण लाइन जडान गरिसक्ने नगरपालिकाको नीति रहेको छ ।
।नगरपालिकाले सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गरेका जेहेन्दार बिद्यार्थीलाइ प्राविधिक बिषय अध्ययनका लागि छात्रबृति दिने घोषणा समेत गरको छ ।



















