साबिक बिजेता पोर्चुगललाई जर्मनीको चुनौती

वेलकम खबर
असार ५, २०७८

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने दोस्रो खेलमा समूह ‘एफ’ मा रहेको जर्मनीलाई साबिक विजेता पोर्चुगलले चुनौती प्रस्तुत गर्दैछ।

एलिएन्ज रंगशाला जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ। युरोकपमा दुबै टोलीको यो समूह चरणको दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले पराजित गरेको थियो भने जर्मनी फ्रान्ससँग १-० ले पराजित भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*