अलैंची विकास केन्द्रद्वारा नेपाली अलैंचीको पाँचवटा जात पहिचान, आधिकारिकताका लागि सिफारिस

वेलकम खबर
असार ५, २०७८

प्रकाश नेपाल

इलाम । लामो अध्ययनपछि नेपाली अलैंचीको पाँचवटा जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको लागि अलैंची विकास केन्द्रले कृषि मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ ।

नेपालमा २ सय २७ वर्ष अघिबाट अलैंची खेती गरिए पनि जात पहिचान भने हुन सकेको थिएन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको जात पहिचान नहुँदा बजारीकरणमा समस्या हुँदै आएको थियो ।

अन्तराष्ट्रिय बजारको ६० प्रतिशत अलैची निर्यात गर्ने नेपालले खेती हुने अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सुचिकृतका लागि सिफारिस भएका छन् ।

अलैँची विकास केन्द्र, फिक्कलले जात अनुमोदन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो ।

केन्द्रले अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गर्ने योजना बनाएको छ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपचारिक रूपमा जातको विभाजन हुँदा बजारीकरणमा पनि सहयोग पुग्ने अलैची व्यवसायी बिजय कृष्ण खाकिले बताउनुभयो ।

अलैँची विकास केन्द्रले अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैंची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरेको छ ।

रामसाई जातको अलैैंची विसं १८५० मा इलामको जोगमाईबाट खेती भएको मानिएको छ । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैंची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । अर्को जात भार्लाङ्गले प्रतिरोपनी ४५ किलो अलैची उत्पादन दिन्छ ।

गोलसाई जातको अलैँचीले प्रतिरोपनी ३५ किलो उत्पादन हुन्छ र यो अलैंची ५९ हजार हेक्टरमा खेती हुन्छ । यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको अलैंची हो ।

जिर्मले जात अलैची इलामको रोङ गाउँपालिकाबाट खेती सुरू गरिएको हो । इलामलाई चिनाउने मुख्य नगदेबालीको रुपमा रहेको अलैंची खेतीबाट पछिल्लो समयमा किसानरुले राम्रो बजार मूल्य पाउन थालेका छन् ।

तर, अलैची खेतीको प्रवद्धनमा भने सरकारले खासै चासो नराख्दा यहाँका अलैची कृषकहरु मारमा परेकाछन् । त्यसैले पनि अलैची खेतीका लागि सरकारले प्रोत्साहन गरे आगामी दिनमासमेत यस खेतीबाट इलामेलीहरु आत्मनिर्भन बन्न सक्ने देखिन्छ ।imagekhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*