कर तिर्ने समय असार २५ गतेसम्म
वेलकम खबर
असार ३, २०७८
काठमाडौं । सरकारले कर तिर्ने समय थप गरेको छ । सरकारले २०७७ चैत र २०७८ वैशाखको कर असार २५ गतेसम्म तिर्नु पाउने गरी समय थप गरेको हो ।
आन्तरिक राजस्व विभागले कारेना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको हो ।
मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७७ चैत र २०७८ वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर असार २५ गतेसम्म बुझाउनसक्ने विभागले जनाएको छ ।
आयकर, अन्तः शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर पनि असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप गरिएको छ ।



















