यूरो कपको अन्तिम १६ मा पुग्ने इटाली पहिलो देश

एजेन्सी– यूरो कप २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा बुधवार राति इटाली स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टीम बनेको छ ।
इटालीले स्विट्जरल्यान्डमाथि ३(० को जीत हासिल गरेको हो । उक्त जीतमा इटालीका म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोल गरेका थिए ।
इटालीले खेलको २६ औं मिनेटमा अग्रता लिएको थियो, जसमा म्यानुएल लोकाटेलीले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा गोल गरेका थिए ।
दोस्रो हाफको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । खेलको ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३(० को जीत सुनिश्चित गरेका थिए । इटालीले पछिल्लो १० खेलमा दुईअथवा दुई भन्दाभन्दा बढी गोल गर्ने क्रमलाई जारी नै राखेको छ ।यो जीतसँगै इटालीको अपराजित यात्रालाई २९ खेलसम्म जारी राखेको छ।इटालीले पछिल्लो १० खेलमा गोल समेत खाएको छैन ।
यो जीतसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक जोडेको छ भन वेल्स २ खेलबाट ४ अंक जोडेको छ ।