घ्यू तथा तेलसहित चार वस्तुमा उच्च मूल्य वृद्धि, कुनमा कति प्रतिशत ?

वेलकम खबर
असार २, २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा चार वस्तुमा उच्च मूल्यवृद्धि भएको बताएको छ ।

राष्ट्र बैंकले आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चार वटा वस्तुमा उच्च मूल्य वृद्धि भएको जनाएको छ ।

तथ्यांकअनुसार घ्यू तथा तेलमा, मासु तथा माछा, गैरमदिराजन्य पेय पदार्थ र सुर्तीजन्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ ।

जसमा घ्यू तथा तेलमा २८, मासु तथा माछा १७, गैरमदिराजन्य पेय पदार्थमा ९ र सुर्तीजन्य वस्तुमा ९ प्रतिशतले मूल्य बढेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*