युरोकपमा आज कुन-कुन टिम भिड्दैछन?

काठमाडौं- जारी युरोकप २०२० मा आज (सोमबार) तीन खेल हुँदैछन्। तीन खेल युरोपका विभिन्न तीन चर्चित सहरमा हुँदैछन्।
साँझ पौने ७ बजे हुने आजको पहिलो खेल हाम्पदेन पार्क रंगशालामा हुँदैछ। स्कटल्यान्डको ग्लास्गो सरहमा हुने यो खेलमा घरेलु टिम स्टकटल्यान्डले पाहुना टोली चेक रिपब्लिकको सामना गर्नेछ।
फिफा विश्व वरियतामा ४४ औं स्थानको टिम हो स्कटल्यान्ड। त्यस्तै चेक रिपब्लिक ४० औं स्थानको टिम हो। विश्व वरियतामा नजिकै भएका टिमको भिडन्त प्रतिस्पर्धात्मक हुने विश्वास गर्न सकिन्छ।
यी दुई टिम समूह डीमा छन्। यो समूहको पहिलो खेलमा आइतबार राति इंग्ल्यान्डजले क्रोएसियालाई १-० गोलले हराएको थियो।युरोकपअघि भएका पाँच खेलमा स्कटल्यान्डले हार बेहोरेको छैन। चेक रिपब्लिकले चाहिँ पछिल्ला पाँच खेलमा दुई हार बेहोरेको छ।
त्यस्तै, युरोकपमा आज हुने दोस्रो खेल रसियाको सेन्ट पिटर्सबर्गको क्रेस्तोभ्स्की रंगशालामा हुँदैछ। रसियामा हुने खेलमा पोल्यान्डले स्लोभाकियाको सामना गर्नेछ।
समूह ईको पोल्यान्डले युरोकप अघिका पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ। त्यस्तै एक खेल हारेर तीन पटक बराबरी खेलेको छ।
यता स्लोभाकियाले पछिल्ला पाँच खेलमा चार बराबरी खेलेको छ। र एक खेलमा हार बेहोरेको छ। यसरी फिफाको २१ औं वरियतामा रहेको पोल्यान्ड र ३६ औं वरियताको स्लोभाकिया निकै प्रतिस्पर्धी टिमका रुपमा लिन सकिन्छ।
आजको तेस्रो खेल राति पौने १० बजेबाट सुरु हुनेछ।
राति पौने १ बजे सुरु हुने खेल आजको सबैभन्दा महत्वपूर्ण खेलका रुपमा हेरिएको छ। यो खेलमा स्पेनले स्वीडेनको सामना गर्नेछ।
स्पेनले पछिल्ला पाँच खेलमध्ये कुनै खेलमा पनि हार बेहोरेको छैन। तर दुई खेल भने बराबरी गरेको छ। स्वीडेनले चाँहि पछिल्ला पाँच खेलमै जित निकालेको छ।
उपाधि दाबेदारको रुपमा रहेको स्पेन समूह ईमा छ। स्पेनको सेभिल्लास्थित डि ला कुर्टजा रंगशालामा हुने खेलमा छैटौं वरियातको स्पेनले १८ औं वरियताको स्विडेनको सामना गर्ने लागेको हो। युरो कपको समूह ईमा स्पेनसँगै पोल्यान्ड, स्लोभाकिया र स्वीडेन छन्।