युरो कप खेल ३ : फिनल्याण्डद्वारा डेनमार्क पराजित

वेलकम खबर
जेष्ठ ३०, २०७८

काठमाडौं। शनिवार सम्पन्न समूह बी को खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गोलले पराजित गरेको छ। निकै नै दुःखद घटना घटेको सो खेलमा डेनमार्क पराजित भएको हो। पहिलो हाफको ४२औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत अवस्थामा पुगे।

उनलाई खेलको बिचमै हृदयघात हुँदा १३ मिनेटसम्म उनको उपचार मैदानमै गरियो। त्यसपछि तुरुन्तै उनलाई अस्पताल पुर्याइयो। खेल स्थगित भयो।

करिब १:३० घण्टा पछि एरिक्सनको स्वास्थलाभको समाचार सार्वजनिक भयो। डेनमार्क फुटबल एसोसिएसनले उनलाई होश आएको जानकारी गराएपछि खेल पुनः सुचारु भयो।

खेल सुचारु गर्न सजिलो थिएन। यद्यपि डेनमार्कका खेलाडीहरु खेल सुचारु गर्न राजी भए। खेलमा उही जोश र ऊर्जा देखिएन। खेलको ६०औं मिनेटमा फिनल्याण्डका लागि पोह्जानपालोले गोल गरे।

डेनमार्कले पनि खेलमा पेनाल्टी प्राप्त गर्यो। तर डेनमार्कका अर्का मिडफिल्डर पिर एमरे होईवियर्गले उक्त पेनाल्टी गोलमा परिणत गर्न सकेनन् र खेल फिनल्यान्डको पक्षमा गयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*