सबैै भन्दा बढी व्यापार नाफा पाँच देश सँग, कुनको कति ?
वेलकम खबर
जेष्ठ २७, २०७८
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि वैशाखसम्ममा नेपालको सबैभन्दा बढी व्यापार नाफा भएका पाँच देशबाट भएको छ ।
भन्सार विभागको तथ्यांकका अनुसार सबैभन्दा बढी व्यापार नाफा हुने लेबनान, डेनमार्क, बेलायत, सुडान र अंगोला रहेका छन् ।
चालु आर्थिक वर्षको वैशाखसम्म लेबनानसँग १८ करोड ८ लाख, डेनमार्कसँग १७ करोड ५८ लाख, बेलायतसँग १६ करोड १४ लाख व्यापार नाफा भएकोे छ ।
साथै सुडानसँग ७ करोड ३७ लाख र अंगोलासँग ४ करोड ४२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ ।



















