ललिता निवासको जग्गा प्रकरण : सरकारले निकाल्यो सूचना, २१ दिनभित्र म्याद तामेल नभए ४९ जनाको जग्गा सरकारी नाममा

वेलकम खबर
जेष्ठ २३, २०७८

काठमाडौँ – बहुचर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुँने भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिएको सूचना प्रकाशित गरेको छ ।

आइतबार गोरखापत्रमा सूचना जारी गर्दै सरकारले २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना दिन जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने सुचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*