विश्वकप छनोट फुटबल : आज नेपालले ताइपेइसँग खेल्दै, खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु

वेलकम खबर
जेष्ठ २०, २०७८

काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जितसहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताइपेइ ५ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

चाइनिज ताइपेइविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपेइ अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० ले खेल जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*