नेपाली बजारमा बढ्यो सुनको मूल्य

वेलकम खबर
जेष्ठ २०, २०७८

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको रहेको छ । बुधबारको तुलनामा आज ४०० रुपैयाँले सुन मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ९०० रुपैयाँमा नै कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार प्रतितोला १ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*