सरकारले चुनावका लागि बजेट छुट्याएन, निर्वाचनमा परिचालित हुने विभागीय निकायमा भने बृद्धि

वेलकम खबर
जेष्ठ १७, २०७८

काठमाडौं । आगामी ६ महिना भित्र दुई चरणमा निर्वाचन घोषणा गरेको सरकारले निर्वाचनका लागि खास बजेट भने छुट्याएको छैन । तर, निर्वाचनका लागि परिचालित हुने फ्रन्टलाइनर विभागीय निकायमा बजेट बृद्धि गरेको छ ।

सरकारले यसवर्ष निर्वाचनलाई समेत दृष्टिगत गरेर गृहमन्त्रालयलाई ठूलो परिणाममा बजेट बृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र७९ का लागि गृह मन्त्रालयलाई कूल एक खर्ब ६६ अर्ब ९० करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

शनिबार अर्थमन्त्री विष्णु पौड्यालले बजेट प्रस्तुत गर्दा गृहलाई कूल बजेटको १०.१३ प्रतिशत रकम विनियोजन गर्दे विगत वर्षको तुलनामा करिब १७ प्रतिशतले बढी बजेट विनियोजन गरेका छन् ।

सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाई आएको राशन भत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । यस्तै, थप १२० बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने जनाएको छ ।ख

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*