आईएमई लाइफ इन्स्योरेन्सद्वारा पाँच लाख मृत्युदावी रकम प्रदान

वेलकम खबर
जेष्ठ १७, २०७८

ताप्लेजुङ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे शाखा ताप्लेजुङले मृतकका परिवारलाई मृत्युदाबी रकम उपलब्ध गराएको छ ।

मेरिङ्देन गाउपालिका–५ थुकिमाका बीमाकर्ता पेमा खाण्डु शेर्पाको मृत्यु भएपछि उनका परिवारलाई मृत्युदाबी रकम कम्पनीले उपलब्ध गराएको हो ।

ताप्लेजुङका शाखा प्रमुख ङिमा शेर्पाका अनुसार मृतक शेर्पाका श्रीमती पासाङफुटी शेर्पालाई पाँच लाख ६ हजार ५०० रुपैयाँ बराबरको चेक आइतबार हस्तान्तरण गरिएको हो ।

बिमितको मृत्युदावी बापतको उक्त रकम बराबरको चेक मृतकको घरमै पुगेर उनका परिवारलाई हस्तान्तरण गरिएको शाखा प्रमुख शेर्पाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*