आव २०७८/७९ को बजेट : ताप्लेजुङका स्थानीय तह कसले कति पाए ?
ताप्लेजुङ, । आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित समानिकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान, शसर्त अनुदान अन्तर्गत ताप्लेजुङको स्थानीय तहमध्ये सबैभन्दा बढी रकम फुङ्लिङ नगरपालिकाले पाएको छ । ९ ओटा स्थानीय तह रहेको ताप्लेजुङमा फुङलिङ नगरपालिकाले सबैभन्दा बढी ४७ करोड ७४ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।
यस्तै गाउँपालिकामध्ये सबैभन्दा बढी सिरिजङ्घा गाउँपालिकाले ३८ करोड ३५ लाख र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाले २३ करोड ७३ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । त्यस्तै आठराई त्रिबेणी गाउँपालिकाले ३२ करोड ८४ लाख, मेरिङ्देन गाउँपालिकाले ३१ करोड ७० लाख, फक्ताङ्लुङ गाउँपालिकाले ३१ करोड १० लाख रुपैयाँ बजेट पाउने भएका छन् ।
यस्तै मैवाखोला गाउँपालिकाले २७ करोड १० लाख, पाथीभरा याङ्वरक गाउँपालिकाले ३० करोड ५७ लाख र सिदिङ्वा गाउँपालिकाले ३० करोड ४ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएका छन् ।



















