बढ्योे नेपाली बजारमा सुुनकोे मूल्य

वेलकम खबर
जेष्ठ १७, २०७८

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज २०० रुपैयाँले सुन मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*