अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने चुनाबी सरकारका कार्यक्रम

वेलकम खबर
जेष्ठ १५, २०७८

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।

संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र राहतलाई प्राथमिकता दिइएको छ । त्यसका अतिरिक्त बजेटलाई वितरणमुखी बनाएर सरकारले लोकप्रियता हासिल गर्न खोजेको देखिन्छ ।

अर्थमन्त्री पौडेलले बाचन गरेको बजेटका यी हुन् लोकप्रिय बुँदा 

१, ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ

२, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने

३, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत

४, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन

५, तरकारी, दूध र माछा९मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

६्, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने

७, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

८, ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने

९, निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

१०, विवादित गरिबी निवारण कोष खारेज

११, स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*