ताप्लेजुङको सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरिने

वेलकम खबर
जेष्ठ १५, २०७८

काठमाडौं । आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ताप्जेजुङको सुकेटार विमानस्थलाई रवीन्द्र विमानस्थल र तेह्रथुमको चुवान डाँडा विमानस्थलाई आङ छिरिङ शेर्पा विमानस्थलको नाम दिइने बताएका छन् ।

साथै सो बजेटमार्फत सरकारले हवाई पूर्वाधारका लागि १९ अर्ब ८३ करोड रूपैयाँ छुट्याएको छ । यसैगरी त्रिभुवन विमानस्थलाई बुटिक विमानस्थलमा रूपान्तरण गर्नका लागि ६ अर्ब ९५ करोड विनियोजन गरिएको छ ।
यस्तै, पोखरा विमानस्थलाई आगामी वर्ष सञ्चालनमा ल्याउनका लागि ८ अर्ब विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए । गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउनका लागि ३ अर्ब ५३ करोड विनियोजन गरेको बताए । साथै आन्तरिक उडान विस्तारका लागि १ अर्ब ३३ करोड विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*