स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १ खर्ब २२ खर्ब ७७ करोड
वेलकम खबर
जेष्ठ १५, २०७८
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ खर्ब ७७ करोड रुपैयाँ बराबर विनियोजन गरेको छ ।
यो गत आवको तुलनामा करिब ३२ अर्ब रुपैयाँ बढी हो ।
कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राख्दै सरकारले स्वास्थ्य क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा बढाएको हो ।
चालु आर्थिक वर्षका लागि सरकारले मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ बराबर रहेको थियो ।



















