ताजा जनादेशमा जानु प्रतिगमन होइन : प्रधानमन्त्री‍ ओली

वेलकम खबर
जेष्ठ १४, २०७८

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

ओलीले निर्वाचन हुनेमा कसैलाई कुनै शंका भए सरकारमा सहभागी हुन पनि ओलीले आग्रह गरेका छन् ।

‘ताजा जनादेशमा जानु प्रतिगमन होइन। निष्पक्ष निर्वाचन हुन्छ, ढुक्कहुनुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन हुनेमा कसैलाई कुनै शंका भए सरकारमा सहभागी हुन अनुरोध गर्दछु।’

ओलीले अहिले कतिपय ‘लोकतान्त्रिक’दलहरुले निर्दलीय आचरण देखाएकोप्रति आपत्ति जनाएका छन्। उने यो ख्यालठ्ट्टाको विषय नभएको प्रष्ट पारेका छन्। ‘अहिले हाम्रै पार्टीका केही र आफूलाई लोकतान्त्रिक पार्टी भन्नेले दलीय पद्धति विरुद्धका गतिविधी गरेर व्यवस्थाको धज्जी उठाउन खोजेका छन्’, ओलीले भने, ‘यी सबै विकृतीबाट देशलाई बाहिर निकालेर देशलाई निर्वाचनमा लैजान खोजिएको हो।’ओलीले प्रतिनिधिसभाको विघटन बाध्यता भएको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*