बानका अध्यक्ष न्यौपाने अब हामी सामु रहेनन

वेलकम खबर
जेष्ठ १४, २०७८

ताप्लेजुङ । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

विराटनगरको विराट मेडिकल कलेजमा कोरोना संक्रमण भएपछि उपचार गर्ने क्रममा आज विहान ८ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ५० बर्षिय न्यौपानको स्थिति गंभ्भीर भएपछि भेन्टिलेटरमा उपचार गरिएको थियो ।

सप्तकोशी एफएमको सञ्चालक रहेको न्यौपानै नेकपा एमाले केन्द्रिय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डको सदस्य समेत हुनुहुन्थ्यो । जानकारी मिडिया न्यौपाने प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*