ताप्लेजुङको फुङ्लिङ बजारको एक गोदाममा आगलागी, क्षतिको विवरण आउन बाँकी
ताप्लेजुङ । फुङलिङ वजारको न्यूरोड टोलमा रहेको कुमार गुरुङको गोदाममा गएराती आगलागी भएको छ ।
फर्निचरकालागी राखिएको फर्म, वेयरिङ, सिमेण्ट, बाथरुम, शौचालयमा प्रयोग गरिने सामानहरु राखेको गोदाममा आगलागी भएको हो । बिजुलीको वेयरिङ सम्म नगरिएको घरमा लागेको आगोको क्षती यकिन भइनसकेको र कारणपनि नखुलेको गुरुङले वताउनु भयो । ‘राती दुई बजेतिर भएको थियो, तल्लो रोडबाट आगोलाग्यो भनेर फोन गर्नुभयो, उठेर जाँदा फर्म जलिसक्न लागेको रहेछ’ गुरुङले भन्नुभयो,‘वरिपरिको मान्छे भेलाभइसक्ता आगो सानो भएको थियो ।
निर्माणाधिन पक्कि भवनको भीत्र लागेकोले आगो बाहिर फैलन पाएन । आगलागी नियन्त्रणकालागी राती दमकल, प्रहरीको टोली पुगेको थियो । वेयरीङ नगरेका कारण आगो कसैले लगाइदिएको हुनसक्ने अनुमान गुरुङको छ । गोदाममा रहेको सम्पूणर् सामान जलेर नष्ट भएको छ । ‘फर्म मात्रै ७/८ लाखको जल्यो,’ गुरुङले भन्नुभयो, ‘अरु सामानको त हिसाव गर्न पाएकै छैन ।’



















