“प्रिय संग”
प्रिय !

दशकौं देखि उज्यालो विहानको पर्खाईमा
कैयौ अध्यारा रातहरु
एक्लै एक्लै कष्ट साध्य पिडामा बित्यो
अन्घकार रातमा
चांदनी आउने आशमा ।
त्यो लम्बे यात्रामा
तिमी संगै खुशशाली जीवनको मनहरु
स्वतन्त्रता पुर्वक प्रेम गीत गाउंने
अनगिन्ति सपना, चाहनाहरुको सपना बुनेर
ऊ बेला,
कस्तै जंजीर तोड्दै
कहाली लाग्दो जीवन संघर्षका दिन
.उज्यालो संसार पाउने प्रतिज्ञा गर्दै
जीवन मृत्युको दोसांधमा
कठोर पीडा
राक्षसी यातनासंग जुझ्दै
प्रियसंग
अहा ! कति मिठो समृद्ध जीवनका सपना
ती रुमानी दिनको कल्पनामा
जस्तै हुरी वतासमा पनि
सत्तिसाल झै निर्भीक उभिएंको थिएं ।
हज्जारौं धक्का हाने
, नून चुक, खोर्सानी धूप पनि लगाए
कतै अध्यारो रातमा मारिन सक्ने बेला
तर पनि प्रिय !
सुन्दर संसार बनाउने ढृढतामा
अजंग प्रलोभनको लोभमा पनि
यो स्वाभिमान ढलेन
आस्था कहिले मरेन,
शरिर, हाड छाला छिया छिया भए
तर विचार गलेन
विश्वास अझै माथी माथी उठि रहयो ।
नाफाको जीन्दगी पाएको उ बेला
मन निकै उद्धेलित थियो
अनन्त सुखद यात्रामा
झरी बादल हुरि वतासका बिंच पनि
सुखी जीवनको लक्ष्य खातिर
घण्टौ छलफल कुराकानी गर्दै
हामीले मनहरु साट्ने गरेका ती दिन
सम्झना गर्न भुलेर
आज तिमी र म अर्थात हामी
दुई किनारामा फालिए जस्तै
कति अठ्ठहासपुर्ण दिन ….?
आखिर तिमी या म ?
किन यति कठोर निष्ठुरी ??
के हाम्रो मांया, भावना र बिचार
खडेरीको डढेलो लागे कै हो ?
एकै लक्ष्यको लामो यात्रा
दोबाटोमा छुट्टिनु पर्ने किन ?
नदिका दुई किनारा जस्तै
फेरि हाम्रो मिलन असंभव छ ?
हाम्रो प्रेमिल आस्था,
भरोसा र विश्वासमा
बांचेका हज्जारौ सपनाहरुलाई
प्रिय ! के जवाफ दिन्छौं ?
मैले त पहाडको सिर टेक्ने
अविश्रान्त कठिन यात्रा
पहिल्यै तय गरे कै थिएं
चौतारीमा कहिले बिसाईन
त्यो तिमीले पनि बुझे कै हो
फेरि पनि
ऊ बेलाको हाम्रो कसम
हाम्रो लक्ष्य अझै बांकी नै छ
प्रिय !
उज्यालो संसार हेर्न मन छ
गौरवका ती संकटपुर्ण दिनहरु सम्झदै
आउ एक पटक प्रण गरौं
आस्थाको विश्वास साटौं
संग संगै लामो बाटो हिंडौं। –
सि जी सांबा ताप्लेजुङ हाल: काठमाडौं