१० खर्ब १६ अर्ब ६२ करोड व्यापार घाटा

वेलकम खबर
बैशाख १०, २०७८

काठमाडौं। चालु आर्थिक वर्ष चैत्र महिना सम्ममा विभिन्न देशबाट नेपालमा ११ खर्ब ११ अर्ब बढिको बस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत्र महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागको तथ्याङ्क अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष बस्तु आयात १३.१२ प्रतिशतले बढेको छ । गत वर्ष चैत्र महिना सम्ममा ९ खर्ब ८२ अर्ब ५३ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको बस्तु आयात भएको थियो भने चालु आर्थिक वर्ष नौ महिना सम्ममा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालबाट विभिन्न देशहरूमा ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २०.२३ प्रतिशतले बढेको हो । गत वर्ष ७८ अर्ब ८१ करोड ८६ लाख ६१ हजार रुपैयाँ बराबरको बस्तु नोलबाट विभिन्न देशहरूमा निर्यात भएको थियो ।

तर, आयात बढेसँगै मुलुकको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ थियो । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*