विकास निर्माणका कार्यले गति लिन नसक्दा घट्यो पूँजीगत खर्च

वेलकम खबर
चैत्र ६, २०७७

काठमाडौं। चालु आर्थिक वर्षको माघ महिना सम्ममा संघीय सरकारले ४ खर्ब ९९ अर्ब बढि खर्च गरेको छ । अर्थ मन्त्रालयको अर्थ बुलेटिन तथ्याङ्कले यस्तो देखाएको हो । 

अर्थ बुलेटिन तथ्याङ्क अनुसार माघ महिना सम्ममा संघीय सरकारले ४ खर्ब ९९ अर्ब ६८ करोड रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष संघीय सरकार खर्च २.६ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ४ खर्ब ६८ अर्ब ९ करोड रुपैयाँ खर्च भएको थियो ।
 
चालु आर्थिक वर्षको ७ महीनामा कुल खर्च मध्य चालु खर्च ४ खर्ब ६ अर्ब ७२ कारोड, पूँजीगत खर्च, ६२ अर्ब ८४ करोड र वित्तीय व्यवस्थापन तर्फ ३० अर्ब ११ करोड रहेको छ । समिक्षा अवधिमा चालु खर्च ११.२ प्रतिशतले वृद्धि भएको छ । साथै पूँजीगत र वित्तीय व्यवस्था तर्फको खर्च क्रमश १८.७ प्रतिशत र ३१.७ प्रतिशतले घटेको हो ।
 
गत वर्षको सोही अवधिमा चालु खर्च ३ अर्ब ६५ खर्ब ७५ करोड भएको थियो । त्यस्तै पूँजीगत खर्च र वित्तीय व्यवस्थापन तर्फ क्रमश ७७ अर्ब २७ करोड र ४४ अर्ब ६ करोड खर्च भएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसकेका कारण पूँजीगत खर्चले अपेक्षित गति लिन नसकेको हो । 

चालु आर्थिक वर्षको माघ महिना सम्ममा कुल विनियोजित खर्च ३३.९ प्रतिशत भएको छ । जसमा चालु खर्च तर्फ कुल विनियोजित बजेटको ४२.९ प्रतिशत, पूँजीगत बजेटको १७.६ प्रतिशत र वित्तीय व्यवस्था तर्फ १७.४ प्रतिशत खर्च भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा कुल खर्च ३१.८ प्रतिशत भएको थियो। त्यस्तै चालु, पूँजी र वित्तीय व्यवस्था तर्फ क्रमश ३८.२ प्रतिशत, १८.९ प्रतिशत र २६.२ प्रतिशत रकम खर्च भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*