दोभानका आगलागी प्रभावितलाई ओलाङचुङगोलाको सहयोग

वेलकम खबर
चैत्र २, २०७७


काठमाडौ । ताप्लेजुङ दोभानका आगलागी प्रभावितहरुलाई ओलाङचुङगोला समाज कल्याण परिवारले राहत स्वरुप दुई लाख वितरण गरेको छ ।
ओलाङचुङगोला समाज कल्याण परिवारका अध्यक्ष मिङमा लाामा उक्यापले आज ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई राहत रकम प्रभावित परिवार समक्ष पुरयाउनका लागि हस्तान्तरण गरेको हो ।
उक्त संस्थाका अध्यक्ष उक्याप र सल्लाहकार सोनाम टाँसी लाामाले प्रतिनिधिसभा सदस्य भट्टराईलाई २ लाख ११ हजार ५५ रुपैया हस्तान्तरण गर्नु भएको हो । प्रतिनिधि सदस्य भट्टराईले आगलागी प्रभावितहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै अन्य विभिन्न संघ संस्थाहरुबाट संकलित रकम समेत एक मुष्ट रुपमा आगलागी प्रभावितलाई चाडै हस्तान्तरण गर्ने बताउनुभयो ।

यता ताप्लेजुङ सरोकार केन्द्रले निर्माण गरेको दोभान आगलागी पीडित सहयोग समितिको संयोजक शिवकुमार गुरुङले हाल सम्म करिब ५ लाख रकम जम्मा भई सकेको बताउनुभयो ।

गत फागुन १८ गते आगलागी हुदाँ ४९ घर जलेर नष्ट हुदाँ ६३ परिवार विस्थापित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*