४ हजार ५७० मेट्रिक टन चामल खरिद गर्दै खाद्य कम्पनी

वेलकम खबर
फाल्गुन २२, २०७७

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब पाँच हजार मेट्रिक टन मसिनो चामल खरिद गर्ने प्रक्रिया सुुरु गरेको छ ।

कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद गर्न नसकेपछि त्यसको अभाव पूर्ति गर्न चामल खरिद थालेको हो ।

कम्पनीले विभिन्न नौ स्थानबाट चामल खरिद गर्न टेन्डरसमेत आह्वान गरिसकेको जनाएको छ ।

कम्पनीका अनुसार कम्पनीले तत्कालको अभाव पूर्ति गराउन चार हजार ५७० मेट्रिक टन चामल खरिद गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*