ताप्लेजुङको दोभान बजारमा आगलागी : १५५ तोला सुन जल्यो

वेलकम खबर
फाल्गुन २१, २०७७

काठमाडौं। ताप्लेजुङको दोभान बजारमा मङ्गलबार आगलागी हुँदा १५५ तोला बराबर सुन र ५२० तोला बराबरको चाँदीका गरगहना जलेर नष्ट भएको छ । 

त्यो सँगै चामल ४१ हजार १७५ केजी, अलैँची २९ हजार ६१७ केजी जलेर नष्ट भएको छ । अन्य घरायसी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेको मेरिङदेन गाउँपालिकाले जनाएको छ । 

जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङदेन गाउँपालिका–३, खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ५० वटा घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट कुल ४० करोड पाँच लाख २४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*