सिनामका अग्नी पीडितलाई योगेश भट्टराईद्धारा राहत वितरण
ताप्लेजुङ । गत माघ २० गते आगलागी भएको ताप्लेजुङको सिरिजंघा गाउपालिकाका अग्नी पीडितलाई राहत वितरण गरिएको छ ।
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले आगलागी पीडितलाई राहत स्वरुप प्रतिपरिवार १० हजारका दरले विहिवार वितरण गर्नु भएको हो । वितरण गदै मन्त्री भट्टराईले अहिले आफनो पारिश्रमिकबाट राहत वितरण गरेको बताउदै घर पुन निर्माण गर्न भुकम्प पीडित सरह क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
गत माघ २० गते टेकनाथ गिरी,शान्तिराम गिरी दिपेन्द्र गिरी र दिपक गिरीको घर जलेर नष्ट भएको थियो ।



















