संसद विघटन मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

वेलकम खबर
फाल्गुन ७, २०७७

 काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।

फैसलाबारे जबराले भने,’ त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ गते, /१२ गते जति पनि जान सक्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*