२४ हजार टन धान किन्यो खाद्य कम्पनीले

वेलकम खबर
फाल्गुन ५, २०७७

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २४ हजार टन धान खरिद गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार विभिन्न जिल्लाबाट माघसम्म २४ जार २ सय ७९ टन धान खरिद गरेको जनाएको छ ।

सरकारले मोटा धानको प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम धानको प्रतिक्विटल २ हजार ८८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । कम्पनीले समर्थन मूल्यअनुसार धान खरिद गरेको जानकारी दिएको छ । किसानलाई उचित मूल्य उपलब्ध गराउनका लागि सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गर्छ ।

कम्पनीले राजापुरबाट मोटा धान ३ हजार ५९८ टन र मकवानपुरबाट ५८७ टन खरिद गरेको छ । धनगढीबाट मोटा धान ५ हजार ३८६ टन खरिद गरेको छ । यस्तै, विर्तामोडबाट सोना मन्सुली धान १ हजार ४९९ टन रन्जित धान ५० टन खरिद गरेको छ ।

विराटनगर १ हजार ५ सय टन धान खरिद गरेको छ । यस्तै, लाहानबाट २ हजार २५६ टन, वीरगन्जबाट २ हजार ९४८ टन धान खरिद गरेको कम्पनीले जानकारी दिए । भैरहवाबाट १८ टन, जनकपुरबाट १ हजार ६१२ टन, महेन्द्रनगर ९४७ टन, नेपालगन्जबाट १ हजार ६ सय टन धान खरिद गरेको कम्पनीले जानकारी दिए ।

यो वर्ष ६० हजार टन धान खरिद गर्ने योजनाअनुसार विभिन्न जिल्लाबाट धान खरिदको गरिरहेको कम्पनीले जानकारी दिएको छ । व्यापारीले किसानबाट सस्तो मूल्यमा धान खरिद गरी ठग्न थालेपछि सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । अधिकांश किसानले व्यापारीलाई सस्तोमा धान बिक्री गरिसकेपछि कम्पनीले धान किन्न थालेको छ ।

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई सरकारले खरिद गरेको धानको भण्डारण, सुरक्षा र प्याकेजिङलगायत खर्च व्यवस्थापनका लागि प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । कम्पनीले किसानबाट धान खरिद गरेर कुटाएर चामल बिक्री गर्दै आएको छ । कम्पनीले सुपथ मूल्यमा सुगम तथा दुर्गम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ ।

कम्पनीले चामलसँगै, सिमी र जुम्लाको मार्सी चामलसमेत बिक्री सुरु गरेको छ । प्रतिकेजी २ सय २५ रुपैयाँमा मार्सी चामल बिक्री गरेको कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा २७० क्विन्टल चामल ल्याएर बिक्री गरिसकेको कम्पनीले जानकारी दिएको छ । मार्सी चामल प्रतिग्राहकको आकर्षण बढ्दै गएकाले पनि थप चामल ल्याएर बिक्री गर्ने तयारी गरेको कम्पनीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*