पूर्व मन्त्री भट्टराईद्धारा विरामीलाई सहयोग
काठमार्डौ । पूर्व मन्त्री तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ सिरिजंघा १ सिनामका कुमार लिम्बुलाई आर्थिक सहयोग गर्नु भएको छ । । उपचारको क्रममा रहेका लिम्बुलाई नगद २० हजार रकम दिएर सहयोग गर्नु भएको हो ।
आईतवार काठमाडौं स्थित नेपाल मेडिकल कलेज सिनामंगलमा उपचार गरी गरेका लिम्बुलाई भट्टराईलेअस्पतालमै पुगेर आर्थिक सहयोग गदै आफनो निर्वाचन क्षेत्रको जनता भएको कारण उपचारमा सहुलियत र स्वास्थ्य उपचारमा विशेष ख्याल गरिदिन अस्पताल प्रशासनका प्रमुख सुनिल शर्मालाई आग्रह गर्नुभयो ।
लिम्बु लिभरको समस्याको कारण लामो समय देखि विभिन्न अस्पतालमा उपचार गराई रहनु भएको छ । यता नेकपा ताप्लेजुङ काठमाडौं सम्र्पक मञ्चले पनि विरामीको अवस्था बुझि आवश्यक सहयोग गर्ने सम्र्पक मञ्चका अध्यक्ष सन्तोष मादेनले बताउनुभयो ।



















