फेरि बने सम्र्पक मञ्चको अध्यक्ष मादेन, युवा संघमा शेर्पा र विद्यार्थीमा हाङगाम

वेलकम खबर
माघ २६, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङ काठमाडौं सम्र्पक मञ्चको एकताले पूर्णता पाएको छ । काठमाडौमा तत्कालिन नेकपा एमाले निकट ताप्लेजुङ काठमाडौं सम्र्पक मञ्च र माओवादी केन्द्र निकट ताप्लेजुङ काठमाडौ जनसम्र्पक मञ्चले सोमवार पूर्णता पाएको हो ।


तत्कालिन एमाले निकट सम्र्पक मञ्चका अध्यक्ष सन्तोष मादेनको अध्यक्षतमा ७५ सदस्ययीस समितिले पूर्णता पाएको सो समितिको उपाध्यक्षमा मान थलङ , सचिव मिङ्मा दोर्चि शेर्पा , सहसचिव विद्या पौडेल र कोषाध्यक्ष निरज लिवाङ्ग चयन भएका हुन त्यस्तै सदस्यहरुका प्रेम गुरागाई,प्रकाश कार्की,चत्रबहादुर श्रेष्ठ,अनिल खड्का,सन्तोष बराल,पासाङ शेर्पा,चुडामणि गिरी,गिता बराल,लोजक लामा,रोसनी मावो,हेमराज निरौला लगायतका रहेका छन ।


नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराई प्रमुख आथित्यता सम्पन्न भएको शपथ कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ विशेष समिति र अनेरास्ववियु ताप्लेजुङ काठमाडौं सम्र्पक कमिटीमाले समेत पूर्णता पाएको हो ।
युवा संघमा दावा छिरिङ शेर्पा,उपाध्यक्षमा मिङहाङ लिम्बु सचिवमा विपिन बनेम,सहसचिवमा दर्शन लिवाङ,कोषाध्यक्षमा आइतमान लिम्बु रहेका छन । युवा संघमा लोकन्द्र दहाल, अस्मिता गुरागाई,तारा केदेम,निराजन नेपाली टिका थोप्रा लगायत रहेका छन ।


त्यस्तै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको अध्यक्षमा पवन हाङगाम,उपाध्यक्षमा युन्छोहाङ मावो,सचिवमा जीबन भट्टराई,सहसचिवमा सुजता कडरिया र कोषाध्यक्षमा स्रिमन बनेम रहेका छन । त्यस्तै सदस्यहरुमा प्रियका बराल,क्युमिन सामेखाम,सिता गौतम,समिरा पौडेल लगायतका रहेका छन ।


सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टीक केन्द्रिय सदस्य तथा सम्र्पक संगठन कमिटीका सह ईन्चार्जलीलाराज आचार्य शपथ गराउनु भएको थियो ।
त्यस्तै युवा संघलाई राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा सम्र्पक प्रदेश विशेषसम्र्पक कमिटीमा संयोजक ललित श्रेष्ठले शपथ गराउनु भएको थियो ।


अनेरास्ववियुलाई भने अनेरास्ववियुका केन्द्रिय सदस्य सुरेन्द्र बस्नेतले शपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई,नेकपा केन्द्रिय सदस्य तथा सम्र्पक संगठन कमिटीका सह ईन्चार्ज बिजय गुरुङ,नेकपाका केन्द्रिय सदस्य तिलकुमार मेन्याङवो र नेकपा ताप्लेजुङका अध्यक्ष विजय वनेमले सम्वोधन गर्नु भएको थियो ।


कार्यक्रम तत्कालिन ताप्लेजुङ काठमाडौ जनसम्र्पक मञ्चका अध्यक्ष मिङमाडण्डु लामाको अध्यक्षतामा सम्पन्न भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*