केपी र ज्ञानेन्द्र अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन : भट्टराई 

वेलकम खबर
माघ २४, २०७७

नेकपा (दाहाल-नेपाल) का नेता योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पार्टी बनेमा आश्चर्य नहुने बताएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा शनिबार दिउँसो प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले ओलीका सबै कदम त्यतातर्फ उन्मुख रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघीयता विरोधी छ दुबै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन । ओलीका सबै कदम त्यतातर्फ उन्मुख छन् । यी दुवै ( ज्ञानेन्द्र र ओली) अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन ।’ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो । ‘मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले (ओली) संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे’, उनले भने, ‘जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।’प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए । निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिएर उनले ‘म नै राज्य हुँ’ भन्ने मान्यता बोकेका कारण ओलीलाई सबैले छोड्दै गएको योगेशले दाबी गरे ।नेता भट्टराईले सरकारी धन खर्च गरेर आफ्नो फोटो टाँस्न लगाएर भाडामा मान्छे ल्याएर सडकमा सभा गर्ने हैसियतमा आइसकेकाले ओलीलाई सबैले छोड्न आव्हान गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*