नेकपा फुटेको होइन प्रधानमन्त्री : ओली

वेलकम खबर
माघ १८, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका छन्।

‘तीन पूर्वप्रधानमन्त्री बुढेसकालमा लौरो टेकेर लाइन लागेर लुखुरलुखुर देशभरि हिँड्नुभएको छ। उहाँहरूको उद्देश्य राम्रो भइदिए हुन्थ्यो, स्वागत गर्न मिल्थ्यो’, ओलीले भने, ‘पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने र देश बर्बाद पार्ने मनसाय उहाँहरूको छ।’

ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ थियो।

‘गीतमा भनिएको छः पिलो निचोर्दैमा वजन घटेको हुँदैन’, जीवन शर्माले गाएको गीतको प्रसंग निकाल्दै दाहाल–नेपाल समूहलाई लक्ष्य गरी उनले भने, ‘हामीले होइन, आफैँ निचोरिएर फुत्त निस्केको हो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*