कस्तो रहला आजको मौसम ?

वेलकम खबर
माघ १८, २०७७

काठमाडौं। आज देशको पहाडी भूभागका थोरै स्थान र तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेका कारण प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपाको सम्भावना समेत रहेको छ । यसैगरी आइतबारराति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*