ड्राइभिङ लाइसेन्स : अब एउटा डिभाइसबाट एक पटकमात्रै आवेदन दिन पाइने

वेलकम खबर
माघ १४, २०७७

काठमाडौं। सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) का लागि अब एउटा डिभाइसबाट एक पटक मात्र आवेदन दिन पाइने भएको छ । अनलाइन आवेदनमा विचौलियाको बिगबिगी बढे पछि यातायात व्यवस्था विभागले नयँ व्यवस्था ल्याएको हो ।

विचौलियाले ग्राहकबाट पैसा उठाएर एकै पटक धेरै फर्म अपलोड गर्नेहुँदा साधारण सेवाग्राहीले लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन दिन प्रयास गर्दा समस्या आएको भन्दै नयाँ व्यवस्था ल्याएको विभागले जनाएको छ ।

विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ ।

यसअघि विभागले गत शुक्रबारदेखि लाइसेन्सको अनलिमिटेड फर्म लिनेगरी व्यवस्था सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु