माउन्ट केटुको आरोहीलाई ताप्लेजुङ सरोकार केन्द्रले गर्यो स्वागत

काठमाडौ । तालेजुङ सरोकार केन्द्रले विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहिलाई भब्य स्वागत गरेका छ ।

विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमाल सफल आरोहण गरीएको छ । प्रख्यात आरोही ताप्लेजुङका लेलेप निवासी मिङमा डेविड शेर्पा सहित १० आरोहण दलले उक्त हिमाल हिउँद सिजनमा पहिलो पटक आरोहण गरि नेपालीहरुले विश्व किर्तिमानी पनि कायम गरेका छन ।

ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त सांवा र महासचिव नण्दु वनेम सहितको पुर्ण कार्यसमितिले सम्पूर्ण आरोही प्रति उच्च सम्मान गर्दै गौरवका साथ हार्दिक वधाई ज्ञापन गर्दै स्वागत गरेको हो ।

आरोहण टोली मिति २०७७ माघ १३ गते मंगलवारका दिन विहान ७ ३० वजे पाकिस्तानवाट नेपाल आई पुगेका हुनाले केन्द्रले आरोहण टोलीलाई हौसला, वधाई र स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नै पुगेर स्वागत गरिएको कुरा ताप्लेजुङ सरोकार केन्द्रका उपमहासचिव तथा आरोही स्वागत व्यवस्थापन समितिका संयोजक सन्तोष मादेनले बताउनुभयो ।