पूर्व अध्यक्षहरुलाई सम्मान गदै सम्पन्न भयो ताप्लेजुङ पत्रकार महासंघको नवौं साधारणसभा (फोटो फिचर )

वेलकम खबर
माघ १३, २०७७


ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ जिल्ला शाखाको नवौ साधारणसभा सदरमुकाम फुङ्लिङमा सम्पन्न भएको छ । पूर्व अध्यक्षहरुलाई सम्मान गदै नवौ साधारणसभा सम्पन्न भएको छ ।


पत्रकार महासंघको साधारण सभाले पूर्व सभापति मनमणि काफ्ले,किशोर राई पूर्व अध्यक्षहरु ताराप्रसाद सिटौला,खगेन्द्र अधिकारी र केशवप्रसाद भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

त्यस्तै साधारण सभाले प्रेस संगठन नेपाल,प्रेस युनियन र जनपत्रकार संगठन नेपाललाई पं्रससा पत्रले सम्मान गरेको नेपाल पत्रकार महासंघ ताप्लेजुङले जनाएको छ ।
सभाले सचिव रबिन भट्टराई र कोषाध्यक्ष ईन्द्र बजगाइले प्रस्तुत गरेको साङ्गठनिक र आर्थिक प्रतिबेदन पारित गरेको छ।

निर्माणाधीन शाखाको भवनलाई निरन्तरता दिने ,पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गर्ने,श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागी पहल गर्ने,पत्रकारिता पुरस्कार स्थापना गर्ने जिल्लामा कार्यरत पत्रकारहरूको बिमाका लागि पहल लगायतका योजना रहेको सचिव भट्टराईले बताउनुभयो । महासंघले २०७५ बैशाख यता ३३ लाख ९५ हजार २५३ रुपैयाँको कारोबार गरेक छ। महासंघको हाल जिल्ला कार्यसमितीमा ६३ जना साधारण सद्स्य रहेका छन् ।


सभामा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजिव मिश्र ,महासंघ प्रदेश समिति सदस्य अध्यक्ष बिक्रम लुइँटेल ,ताप्लेजुङ जिल्ला समन्वय समिती प्रमुख घनेन्द्र मादेन,प्रदेश सभा साम्सद बलबहादुर साम्शोहाङ ,नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुङ्गाना , आठराई त्रिवेणि गाउँपालिका प्रमुख विश्वनाथ सिटैला ,जिल्ला प्रहरी कार्यालय प्रमुख महेन्द्र कुमार श्रेष्ठ , साथै जिल्लामा रहेका विभिन्न कार्यालय प्रमुख र पत्रकारहरु को उपस्तिथि रहेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु