कस्तो रहला आजको मौसम ?

वेलकम खबर
माघ १२, २०७७

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहि बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*