नेकपाको स्थायी कमिटी बैठक आज बस्दै, थप आन्दोलनको बारेमा छलफल

वेलकम खबर
माघ ११, २०७७

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज आइतबार बस्ने भएको छ ।

गत शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आज साढे बाह्र बजे थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताए ।

यसअघि शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*