कस्तो होला आजको मौसम

वेलकम खबर
माघ ९, २०७७

काठमाडौं। हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने सम्भावना देखिन्छ ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु