कस्तो रहला आजको मौसम ?

वेलकम खबर
माघ ७, २०७७

काठमाडौं। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

अहिले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका पहाडी भुभागका केहि स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागिरहेको छ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा राती आंशिक देखि सामान्य बदली रही देशका बाँकि भ-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*