कुनै न्यायाधीशलाई भेटेको छैन, सायद चिन्दिन पनिः प्रधानमन्त्री
वेलकम खबर
माघ ३, २०७७
काठमाडौं, ३ माघ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार न्यायाधीशलाई गोप्य रुपमा भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा समेत प्रश्न उठेको थियो ।
प्रधानमन्त्री ओलीले न्यायाधीहरुसँग गोप्य भेट गरेको समाचार प्रशारण भएपछि सार्वोच्चले समेत कुनै पनि न्यायाधीशलाई भनेटेको भन्दै विज्ञप्तीमार्फत न्यायालयको गरिमामा आँच पुर्याउने काम नगर्न आग्रह गरेको थियो ।



















