अंग्रेजी नयाँ वर्ष : आजबाट सन् २०२१ सुरु
वेलकम खबर
पुस १७, २०७७
काठमाडौं। आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सुरुवात् भएको भन्ने भनाइ रहेको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको छ ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्छ।


















