प्रचण्ड-माधव नेकपा पेरिसडाँडामा जुट्दै
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी आज पनि संघर्षमा जुट्दैछन्। बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने नेता योगेश भट्टराईले जानकारी दिए।
वृहत भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। त्यसैगरी १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको छलफल चल्नेछ। पेरिसडाँडामा चल्ने छलफलले भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने भट्टराईले बताए। आन्दोलनका कार्यक्रम आजै ३ बजे घोषणा गरिने उनले बताए।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा फुटेको छ प्रचण्ड माधव पक्ष सडक संघर्षमा उत्रिएको हो। हिजो मंगलवार नेकपाले देशभर प्रदर्शन गरेको थियो।



















