आज देशभरको मौसम कता कस्तो?

वेलकम खबर
पुस १५, २०७७

काठमाडौं। बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम बुधबार भने झण्डै १ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बुधबार काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । पश्चिमी वायुको प्रभावले कर्णाली र सुदुरपश्चिम प्रदेशको मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको उनले बताइन् ।

यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगमा आशिंक बदली हुने र बाँकी ठाउँको मौसम सफा रहने उनको भनाइ छ । मौसम बदली भए पनि तत्काल पानी पार्ने र उच्च हिमपात भने कतैपनि नहुने मौसमविद् कँडेलको अनुमान छ।

उनका अनुसार बुधबार मौसम सफा हुने ठाउँमा अधिकतम तापक्रम घट्छ भने न्यूनतम तापक्रम बढ्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*