पाथीभरा क्षेत्रमा लागेकाे अागाे निभाउन हेलिकप्टरकाे प्रयाेग अझै अागाे नियन्त्रणमा अाएन
ताप्लेजुङ ।ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा पछिल्लो एक सातायता लागेको आगो अझै नियन्त्रणमा आएको छैन। आगलागी नियन्त्रणका लागि गरेका अनेक प्रयास विफल हुँदै आएका छन्।
्ुइतबार सिम्रिक एयरको हेलिकोप्टरबाट आगो नियन्त्रणको प्रयास गरिएको छ।
ताप्लेजुङ क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत आगो निभाउने प्रयास गरिएको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले जानकारी दिए।
जंगलमा पानीको स्रोत नभएको र आगो पाथिभरा मन्दिर क्षेत्रतर्फ अगाडि बढेपछि हेलिकोप्टर मगाएर पानी खन्याउने निर्णय भएको उनले बताए।



















